जिल्ला कृषि विकास कार्यालय दाङ
नेपाली || English
Nepali flag

नेपाल सरकार


कृषि विकास मन्त्रालय


कृषि विभाग


क्षेत्रीय कृषि निर्देशनालय


जिल्ला कृषि विकास कार्यालय दाङ


मुख्य समाचार:

तपाईं यहाँ हुनुहुन्छ:गृहपृष्ठ » सोच


जिल्ला कृषि विकास कार्यालय, दाङ्गको सोच,

कृषि क्षेत्रले नेपालको कुल गार्हस्थ उत्पादनको करीब ३४ प्रतिशत योगदान गर्ने भएकाले गरीबी न्यूनीकरण, रोजगारी श्रृजना, खाद्य तथा पोषण सुरक्षा, व्यापार सन्तुलन एवं देशको समग्र आर्थिक रुपान्तरणमा यस क्षेत्रको प्रत्यक्ष प्रभाव तथा अहम् भूमिका रहेको छ । विश्वव्यापी रुपमा खाद्य पदार्थको मूल्य बृद्धि तथा अपर्याप्त उत्पादन एवम् जलवायु परिवर्तनको नकारात्मक प्रभाव परिरहेको परिवेशमा कृषिजन्य बस्तुहरुको उत्पादन÷उत्पादकत्व वृद्धि गर्दै सहज आपूर्ति गराउनुको साथै आन्तरिक तथा बाह््य बजारका अवसरहरुको उपयोग गरि व्यापार सन्तुलन अभिबृद्धि गर्नु आवश्यक छ । आर्थिक रुपले सकृय ग्रामीण युवावर्ग विदेशिने क्रम बढ्दै जाँदा कृषि क्षेत्रमा श्रम शक्तिको अभाव भएको तथा उनीहरुले स्वदेशमै कृषिजन्य उद्यम संचालन गर्न इच्छुक देखिएको हुनाले त्यस्ता युवाहरुलाई कृषि क्षेत्रमै संलग्न गराई सम्भावित विदेशिन सक्ने जनशक्तिलाई स्वदेश मै रोजगारी दिलाउन युवा–मैत्री, व्यवसायिक तथा यान्त्रिकरण सहितको आधुनिक कृषि पद्धतिको विकास गरिनु आवश्यक भई सकेको छ । यस पृष्ठभूमिमा आ.व. २०७०÷७१ देखि कार्यान्वयन हुने गरि तेह्रौ योजना (त्रि–वर्षीय) को तर्जुमा भैरहेकोले नयाँ योजनाले अङ्गिकार गर्ने दीर्घकालीन सोंच, उद्देश्य, रणनीति र प्राथमिकतालाई सफल तुल्याउन सहयोगी कृषि बिकासका कार्यक्रम÷आयोजनाहरु प्रस्ताव गर्नुपर्नेछ । यस सन्दर्भमा गरिबी निवारणमा सहयोग पुग्ने, फराकिलो आधार भएको, रोजगारी केन्द्रित, समन्यायिक, समावेशी एवम दीगो आर्थिक बृद्धि हासिल गर्न सहयोगी कार्यक्रम तथा आयोजनाहरु केन्द्रित हुनु पर्नेछ ।

देशको मध्यपश्चिमान्चल विकास क्षेत्रको दाङ्ग जिल्लालाई तराई क्षेत्र भनियता पनि यहाको भौगोलिक, हावापानी र मौसम तिन प्रकृतिको  (उष्ण, उपोष्ण र समशितोषण) पाईने भएकोले भौगोलिक, जलवायु तथा कृषि जैविक विविधता, विभिन्न प्रकारका जडीबुटी र स्थानीय प्राविधिक ज्ञान तथा प्रविधिको खानीको रुपमा लिन सकिन्छ । यी प्राकृतिक संपदाको सुरक्षाका साथै विविधताको सहि तथा अधिकतम उपयोगबाट दाङ्ग जिल्लाको कृषि पेशामा संलग्न कृषकका साथै अन्य जनताहरुको  खाद्य सुरक्षामा आत्मनिर्भर बनाउन र कृषि व्यवसायीकरणमा रुपान्तरण गरी जिवनशैलीमा अभिबृद्धि गरी गरिवी निवारणमा सहयोग पुरयाउनु आजको प्रमुख आवश्यकता हो । जलवायु परिवर्तनका कारण हाल विश्वले भोगिरहेको खाद्य संकटको अवस्था तथा दाङ्गको विविधताको उपयोग गर्दै संभाव्य क्षेत्रमा जिल्ला बाहिर तथा विदेशमा निर्यात गर्न सकिने कृषि उपजहरुको व्यवसायिक उत्पादन गरी गरिवी निवारणमा टेवा पुर्याउनु बर्तमान उत्तिकै आवश्यकता  देखिएको छ ।  जिल्लाको समष्टिगत कृषि क्षेत्रमा सुधार ल्याई उपलब्धिमूलक बनाउन कृषि क्षेत्रले लिने लक्ष, उद्देश्य, कार्यनीति र कार्यक्रमलाई नयाँ सोचको आधारमा तय गरिएको छ ।

 

Image