जिल्ला कृषि विकास कार्यालय दाङ
नेपाली || English
Nepali flag

नेपाल सरकार


कृषि विकास मन्त्रालय


कृषि विभाग


क्षेत्रीय कृषि निर्देशनालय


जिल्ला कृषि विकास कार्यालय दाङ


मुख्य समाचार:

तपाईं यहाँ हुनुहुन्छ:गृहपृष्ठ » शाखाहरु

क्र.स शाखाहरु बारेमा नक्सा
1माटो व्यवस्थापन शाखा

----

---
2योजना शाखा

    यस आ.व. २०७०÷०७१ को दोश्रो चौमासिक अवधिमा यहि फाल्गुण १२ र १३ गते खजुरा बाँकेमा आयोजित प्रथम चौमासिक प्रगति समिक्षा गोष्ठी कार्यक्रममा जिल्लामा गरिएका कार्यक्रमको कार्यपत्र प्रस्तुत गरियो । जिल्ला कृषि विकास कार्यालय, जि.वि.स.÷नेपाल जलवायु परीवर्तन सहयोग कार्यक्रम, महिला तथा वालवालिका कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, रुकुम उद्योग वाणिज्य संघ, यु.एम.एन., सिप्रेड, ग्क्ब्क्ष्म्÷किसान परियोजना, क्बखभ तजभ ऋजष्मिचभल÷रुक्रुमेली समाज विकास केन्द्र, हुरेड कार्स, रुपान्तरण नेपाल÷फेकोफन, दलित सेवा संघ र सिस्ने युवा क्लव रुकुमको संम्युक्त आयोजनामा मिति २०७० पौष २८, २९ र ३० गतेसम्म ३ दिने कृषि तथा औद्योगिक मेला प्रदर्शनी २०७० कार्यक्रम सम्पन्न भएको छ ।
मध्य पहाडि बृहत्तर मकै उत्पादन आयोजना अन्तर्गत जिल्ला स्तरमा मकै खेती सम्वन्धि १ दिने तालिम संचालन गरी जम्मा २४ जना कृषकलाई तालिम दिने कार्य सम्पन्न गरेको छ । सेवा केन्द्र स्तरिय तालिम विभिन्न विषयमा ८ वटा संचालन गरियो, जसमा दिगो भू–व्यवस्थापन विषयमा ६ वटा तथा वेमौसमी तरकारी खेती विषयमा २ वटा थियो । जिल्लाका कृषकहरुको समस्या पहिचान गर्नका लागी २ वटा स्थानमा कृषक प्राविधिक छलफल तथा समस्या समाधान गोष्ठीको आयोजना गरिएको थियो, जसमा मौरी विषयमा पिपल गा.वि.स.मा र फलफुल विषयमा महत गा.वि.स.मा भएको थियो । रेडियो सानीभेरी मार्फत आफ्नै प्राविधिकहरुको प्रयासमा साप्ताहिक कृषि कार्यक्रम प्रशारण गर्ने कार्य समेत भैरहेको छ ।

 

-
3बाली संरक्षण शाखा

यस आ. व. २०७०÷०७१ को दोश्रो चौमासिक अवधिमा नियमित कृषि प्रसार कार्यक्रमको बाली संरक्षण शाखा अन्र्तगत आई.पि.एम. एप्रोज प्रदर्शन, लाइट ट्याप प्रदर्शन, आई.पि.एम. सामग्री (फेरोमन बट्टा, ल्युर, जाली, रसायन आदि) वितरण गरिएको छ । त्यसैगरी ५० वटा मौरीका उन्नत घार, १०० वटा मौरीका उपकरण (टोपी, पञ्जा, क्वीन गेट आदि) वितरण गरियो । यसैगरी ३००० प्याकेट च्याउँको वीउ किट वितरण गरियो । मौरी पकेट क्षेत्र पिपल गा.वि.स.मा कृषक समस्या पहिचान निदान तथा प्राविधिक छलफल गोष्ठी सम्पन्न भएको छ ।
जिल्ला कृषि विकास कार्यालय रुकुमको सिंचाई तथा जलश्रोत व्यवस्थापन आयोजना (क्ष्ध्च्ःए) अन्र्तरगत दोश्रो चौमासिक अवधिमा विजबृद्धि कार्यक्रम मकै वाली (जात मनकामना–३) मा २ हे. क्षेत्रफलमा, उत्पादन प्रदर्शन कार्यक्रम मकै वालीमा ३ वटा, म्याचिगं ग्राण्टमा साना फार्म मेशीनरी वितरण कार्यक्रम, ताजा तरकारी उत्पादन प्रदर्शन कार्यक्रम अन्तर्गत १ वटा प्लाष्टिक टनेल वितरण, आयोजना तथा उन्नत प्रविधिवारे जनचेतना अभियान र कार्यक्रम अनुगमन सम्पन्न भएको छ ।
यसको अतिरीक्त कृषि विकास कार्यालयमा हिउदे वालीमा समस्या लिएर आउनुभएका कृषकहरुलाई समस्या समाधान गर्नका लागि आकस्मिक बाली संरक्षण सेवा अन्तर्गत कृषकहरुका समस्या समाधानका लागि कृषकहरुलाई निरन्तर रुपमा सल्लाह सुझाव दिने कार्य समेत गरिएको छ । यसै गरी सुन्तला बालीमा रोगकिरा तथा व्यवस्थापकिय सुधारका लागि सुन्तला बालीमा सृजनशिल आई. पि. एम. कृषक पाठशाला चौखावागं–४ मा शुरु गरिएको छ ।

 

-
4कृषि प्रसार शाखा

यस आ.व. २०७०÷०७१ को दोश्रो चौमासिक अवधिमा सहकारी खेती, साना सिचाई तथा मल वीउ ढुवानी कार्यक्रम अन्तर्गत सहकारी खेतीमा आधारित साना सिचाई कार्यक्रमका लागि ९ वटा निवेदन संकलन, साना सिचाई निर्माण तथा मर्मत संम्भार कार्यक्रमका लागि ९८ वटा निवेदन संकलन, सहकारी खेती स्किमका लागि १ वटा निवेदन संकलन कार्यक्रम गरिएको छ, यसमा सहकारी खेती स्किम मात्र छनौट भई सम्झौता भई सकेको छ भने वाकि छनौटको प्रकृयामा रहेको छ । यसैगरी जिल्लामा ४१९ मे.ट. रासायनिक मल तथा १० मे.ट. मकैको मुल विउ ढुवानी गरी कृषकहरुलाई वितरण गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालय रुकुमको माटो परिक्षण तथा सुधार सेवा कार्यक्रम अन्तर्गत अभियानमूखी भकारो सुधार कार्यक्रम अन्तर्गत १०० वटा भकारो सुधार कार्यक्रम सम्पन्न भएको छ । त्यसैगरी मत्स्य विकास कार्यक्रम अन्तर्गत १ हे. क्षेत्रफलमा पोखरी निर्माण कार्यक्रम सम्पन्न भएको छ ।

-
5वाली विकास शाखा

यस आ.व. २०७०÷०७१ को दोश्रो चौमासिक अवधिमा कृषि प्रसार कार्यक्रम  अन्तर्गत १२५ के.जी. मकैको मुल बीउ तथा १०० के.जी. मुसुरोको उन्नत बीउ जिल्ला कृषि विकास कार्यालय मार्फत कृषक समूहहरुलाई वितरण गरियो । त्यसैगरी ५ मे.ट. मकैको वीउमा  यतार्थ संकेतपत्र लगाउन सहयोग गरिएको छ ।

 

-
6बागवानी विकास शाखा


आ.व. २०७०÷०७१ को दोश्रो चौमासिक अवधिमा कृषि प्रसार कार्यक्रम अन्र्तगत जिल्लाका विभिन्न गा.वि.स.हरुमा ९०० वटा मौसमी तथा २०० वटा वेमौसमी तरकारीका कम्पोजिट प्याकेटहरु,  ६ वटा प्लाष्टिक टनेलमा नर्सरी स्थापना, १००० के.जी. टि.पि.एस. प्रथम पुस्ताको दाना वितरण, ३ वटा प्लाष्टिक टनेलमा टि.पि.एस. विया उत्पादन, ११५०० वटा हिउदे फलफुलका विरुवा वितरण ( ७००० वटा स्याँउ, ४५०० वटा ओखरका विरुवा)  जिल्ला कृषि विकास कार्यालयवाट विभिन्न सेवा केन्द्र मार्फत कृषक समूहहरुलाई वितरण गरियो ।

 

-
Image